Call Us:+071-547490
Instaappointment Image

DR.ARUN KUMAR GUPTA article for Rheumatoid Arthritis

Home  /  Uncategorized  /  DR.ARUN KUMAR GUPTA article for Rheumatoid Arthritis

DR.ARUN KUMAR GUPTA article for Rheumatoid Arthritis

मानिसमा लाग्ने कतिपय रोगको प्रत्यक्ष सम्बन्ध मौसमसँग पनि हुन्छ । बाथ रोग यसको प्रमुख उदाहरण हो । बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ । बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । यो शरीरका भित्री भागबाटै उत्पती हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ । बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ ।

नेपालमा सामान्यतयाः हड्डी खाने बाथ रूम्याटिक अर्थाइटिस, कम्मरको हड्डीहरुमा हुने बाथ, तथा हड्डीको घनत्व कम गर्ने बाथका समस्या बढी पाइने गरेका छन् । बाथ रोग पुरुषमा भन्दा महिलामा बढी देखिने गर्दछ । महिलाको उमेर ४० वर्ष भन्दा माथि कटेपछि, महिनावारी सुकिसकेपछि र पाठेघरको शल्यक्रिया गर्नुपर्दा बाथको जोखिम बढी हुन्छ । कतिपय अवस्थामा बाथ भिटामिन डीको कमीले पनि हुने गर्छ । कतिपय अवस्थामा जन्मेको बच्चादेखि १५ वर्ष मुनिका बालबालिकामा पनि यो समस्या देखिन्छ । बाथबारे हामी समयमै सचेत भएनौ भने बाथको प्रकारअनुसार शरीर कुँजिने तथा भित्री अंगलाई बिस्तारै असर गरेर मृत्यु हुने सम्भावना पनि हुन्छ । पुरुषको तुलनामा महिलामा यसको जोखिम बढी हुने गर्छ । शरीरमा औंला दुख्ने, सुन्निने, जाम भए जस्तै कक्रक्क हुने, बस्दा, उठ्दा, हिँड्दा गाह्रो हुने, भारी हुनेजस्ता लक्षण देखा पर्छन् ।

लक्षण र असर अनुसार बाथ धेरै किसिमका हुन्छन् । केही त्यस्ता वाथ छन् जसलाई चिकित्सकहरूले नराम्रो समूहमा राखेका छन् । यस्ता बाथका लक्षणमा छाला कसिलो हुँदै गएर दुख्ने, नाक चराको जस्तो चुच्चो हुँदै जाने, मुख खोल्न गाह्रो हुने, शरीरमा सेतो डाम फैलिँदै जाने हुन्छ । यस्ता वाथ पनि मौसम परिवर्तनसँगै बढ्ने र घट्ने सम्भावना हुन्छ । तर समग्रमा बाथका रोगीले जाडोयाममा बढी कष्ट पाउने गरेका छन् । यसले गर्दा बिरामीको पीडा तथा शारीरिक कष्ट बढ्दै जान्छ । जाडोयाममा हातको रौं परिवर्तन हुने, चिसो पानीमा राख्दा सेतो, निलो हुँदै रातो भएर आउने, औंला दुख्ने लक्षणहरु देखिँदै जान्छन् । जाडोयाममा यस्ता समस्या झनै बढ्ने गर्छन् । बाथले फोक्सोमा नराम्रो असर ग¥यो भने यो मौसममा श्वासप्रश्वासमा समस्या भई प्राणघातक हुन सक्छ । जाडोयाममा वाथका रोगीले बिशेष सावधानी अपनाई रहनसहन, खानपिन तथा दैनिक जीवन शैलीप्रति सचेत हुनु जरुरी हुन्छ ।

बाथ रोगमा हुने यूरिक एसिडलाई साधारण बाथ रोग भनेर बुझ्ने गरिन्छ । यो सयौंमध्ये एक बाथ रोग हो । जुन खाने कुरासँग सम्बन्धित हुन्छ र शरीरमा यूरीक एसिडको मात्रा बढेर बाथको जन्मिन्छ । प्रोटिनयुक्त खाना बढी, अल्कोहल, पेय पदार्थ, रातो मासु बढी खाने गरेमा यूरीक एसिडबाट हुने बाथ बढ्ने सम्भावना हुन्छ । शरीरभित्रकै समस्याबाट उत्पत्ति हुने बाथलाई समयमै पहिचान गर्न सकेमा यसबाट सक्दो बचाउन र कति बाथ निर्मुल पनि गर्न सकिन्छ । बाथको उपचार गर्नुभन्दा अगाडि बिरामीलाई कुन किसिमको बाथ भएको हो परीक्षण गरेर उपचार गरिन्छ । उपचारपूर्व बिरामीलाई रोगबारे साधारण परामर्श दिइ के÷के कुरामा ध्यान दिनुपर्ने हो पूर्णरुपमा जानकारी गराएर उपचार शुरु गरिन्छ । उपचारबाट शरीर कुँजिन, दुखाइ कम गर्न तथा बाथको कारण बिगँ्रदै जाने शरीरका भित्री अंगलाई बचाएर उपचार गरिन्छ ।

बाथको असरबाट बँच्नकालागि खानेकुरामा बिशेष ध्यान दिनु पर्छ । जीवनशैली परिवर्तन गर्ने, मोटोपन कम गर्ने र जाडो र वर्षायाममा बिशेष र फरक–फरक सावधानी अपनाउने गर्नुपर्छ । बाथको बिषयमा अहिले पनि नेपाली समाजमा अन्धविश्वास कायमै छ । रोग एकातिर भए पनि बिरामीको उपचारकालागि धाँमीझाँक्री तथा सामाजिक औषधितर्फ पनि लागेको पाइन्छ । यस्ता कुरातिर नलागी समयमै बाथको पहिचान गरी सम्बन्धित बिशेषज्ञसँग सल्लाह लिएर उपचार गर्नु उपयुक्त हुन्छ ।

बाथ रोग लागिसकेपछि के खाने ध्जबत तय भ्बत ष्ल च्जभगmबतयष्म

खानामा सुन्तलित, पच्ने खालको, चोकर भएको रोटी, बोक्रा सहितको मुंगको दाल खाने ।
तरकारीमा सजिउन, लौका, घिरौला, बन्दाकोभी, टमाटर, परवल, गाँजर, अदुवा, लसुन आदि खाने ।
धेरै पानी भएको फल जस्तो खरबुजा, मेवा, काक्रो धेरै खाने ।
उखुको रस, सख्खर, उम्रेको गेडागुडी, साबुदाना आफनो इच्छा अनुसार खाने ।
बाथ रोग लागिसकेपछि के नखाने ध्जबत ल्यत तय भ्बत ष्ल च्जभगmबतयष्म

बासी, घीउ, तेलमा तारेको, पिरो र मसालेदार खाना नखाने ।
चिया, रक्सी, मक्खन, भिण्डी, मासको दाल, भात, मासु, मुुराको दाल एकदमै कम खाने ।
ग्यास जम्मा हुने खालको, युरिक एसिड बढाउने खालको खाना नखाने ।
अमिलो खालको खाने कुरा नखाने ।
रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन।

Dr Arun Kumar Gupta

Dr Arun Kumar Gupta

डा. अरुणकुमार गुप्ता, बाथ रोग विशेषज्ञ, नर्भिक अस्पताल

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>