Call Us:+071-547490
Instaappointment Image

के तपाईलाई बाथ रोग त छैन ? (कारण र उपचार)

Home  /  Uncategorized  /  के तपाईलाई बाथ रोग त छैन ? (कारण र उपचार)

के तपाईलाई बाथ रोग त छैन ? (कारण र उपचार)

हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । हुन त बाथ रोगबारे हामीले कयौं दशकदेखि सुन्दै आएका छौं । तर यसबारे अझैंसम्म धेरै मानिसलाई जानकारी छैन । बाथलाई अंग्रेजीमा ‘आर्थराइटिस’ भनिन्छ । बाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो ।तराईतिर यसलाई ‘गठीय’ पनि भनिन्छ । यसले मानव शरीरको अस्थिपञ्जर प्रणलीलाई विशेषतः प्रतिनिधित्व गरेको हुन्छ । शरीरको कुनै पनि हाडजोर्नी, मांशपेसी, नसा दुखेर उत्पति हुने रोग हो ‘बाथ’ । यसले हाडजोर्नीबाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै, मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो, आदिलाई हानी गर्छ । समयमा उपचार नपाए बाथरोगीको ज्यानसमेत लिने गर्छ । यो रोगलाई हेर्ने चिकित्सालाई ‘न्यूमाटोलोेजिष्ट’ भनिन्छ , यो रोग एकै किसिमको हुँदैन । यो एक सयभन्दा बढी किसिमको हुन्छ । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।

हड्डी खाने बाथरोग

मासु खाने बाथरोग

नशा खाने बाथरोग

मुटु खाने बाथरोग

अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ ।

यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको बाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै बाथ जटिल प्रकारको हुन्छ । बाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको बाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।

समयमै राम्ररी उपचार गराउँदा बाथरोग पूर्ण निको पनि हुन सक्छ । तर, गाउँघरमा अझैं पनि अभिसापको रूपमा लिने, धामीझाँकी लगाउने तथा विभिन्न प्रचलित/अप्रचलित खानेकुरा खाने गरेको पाइन्छ । तर ती कार्यको औषधि विज्ञानमा कुनै आधार छैनन् ।

अन्धविश्वासका कारण कतिपय मानिसले बाथरोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय बाथरोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी बाथरोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले बाथरोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।

हामीले बाथरोगलाई वाथको रोगीलाई बाथ कै डाक्टर भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको बाथरोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ ।

साधारणतयाः बाथरोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि  र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।

बाथरोगका लक्षण

शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।

हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान, रहनसहन आदि कारणले पनि हुन्छ ।
कति वाथ सामान्य हुने गर्छ जस्ले हड्डी खिईने हुन्छ । जसलाई अस्टियोआरथाइटिस भनिन्छ । यो लाखौंमा एक जनालाई हुन्छ, त्यसमा पनि बढी महिलालाई देखिन्छ । हालसम्म नेपालमा वाथका रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सामान्य कारणहरु

–यूरिक एसिड
–अव्यवस्थित जीवनशैली
–खानपान
–रहनसहन
–वंशाणुगत
–अटो इम्युन प्रोसेस

कतिपय वाथ वंशाणुगत कारणले पनि हुन्छ । तर वाथ सरूवा रोग भने होईन  वाथको लक्षण देखापर्नासाथ सर्वप्रथम के खाएर वा के गरेर जोर्नी वा शरीर दुखेको हो, त्यसलाई सकेसम्म चाँडो छाड्नुपर्छ । कतिपय वाथ त लक्षण देखिएको केही घण्टा वा महिना दिन भित्रै हड्डी बाङ्गिएर कुँजो हुने स्थितिमा समेत पुग्छ । त्यसकारण वाथको शंका लागेमा जतिसक्दो चाँडो चिकित्सकलाई भेट्नु पर्दछ जसले गर्दा निकोहुने संभावना बढी हुन्छ । वाथको उपचारमा चिकित्सा विज्ञानले  आधुनिक उपचार पद्धति र ईन्जेक्सनको विकास गरिसकेको हुनाले वाथलाई अभिशापको रुपमा नहेरी जतिसक्दो चाँडो उपचार गराउन सके नियन्त्रणमा राख्न सकिन्छ ।

समयमै राम्ररी उपचार गराउँदा बाथरोग पूर्ण निको पनि हुन सक्छ । तर, गाउँघरमा अझैं पनि अभिसापको रूपमा लिने, धामीझाँकी लगाउने तथा विभिन्न प्रचलित/अप्रचलित खानेकुरा खाने गरेको पाइन्छ । तर ती कार्यको औषधि विज्ञानमा कुनै आधार छैनन् । तर, अधिकांश मानिसमा बाथ पनि एक किसिमको रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भन्ने बुझाईमा वृद्धि हुँदैं गएको छ । उपचार पद्धतिको विकासले अहिले बाथ रोग न अभिसाप हो न त श्राप नै ।
विज्ञान प्रविधिको प्रगतिले गर्दा हाम्रा हातमा नयाँ–नयाँ औषधि र उपचार पद्दति आईसकेका छन् । बाथरोग पत्ता लगाउन रगतका विभिन्न जाँच तथा एक्स–रे गर्ने गरिन्छ । निक्र्यौल गरिसकेपछि उपचार प्रकृया सुरु हुने हुन्छन् । उपचारको मुख्य लक्ष्य नै रोगीलाई कुँजो हुनबाट बचाउने हो । साथै भविष्यमा मुटु, मिर्गौला, फोक्सो, कलेजो, आँखा तथा छालामा हुने विविध जटिलता वा प्रकोपबाट समयमै बचाउने पनि यसको उद्देश्य हो । त्यसैले बाथरोगबारे जानकारी लिई आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

-डा. अरूणकुमार गुप्ता

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>